सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाइजोको निहुँमा ‘लफडा’ गरेपछि दुलाहा पक्राउ

मङ्गलबार, १२ असार २०८०, २१ : ४२
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित विवाह कार्यक्रममा ‘लफडा’ गरेपछि प्रहरीले दुलाहालाई नियन्त्रणमा लिएको छ ।

दाइजोको निहुँमा विवाद गरेर ५० लाख मागेको आरोपमा सुनसरी घर भएर ताहाचल बस्ने अनुराग रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।  

३२ वर्षीय रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् । बेहुली पक्षले दिएको २२ लाख दाइजो अपुग भएको र जन्तीलाई राम्रो मेजमानी नभएको भन्दै रौनियार पक्षले ‘विवाद’ गरेका हुन् । 

दाइजो लिन नपाउने कसुरमा उनीविरुद्ध ५ दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप