आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नमिताको परिचयमा कमल सिंहको अभिनय

बुधबार, १३ असार २०८०, ०८ : ०१
बुधबार, १३ असार २०८०

काठमाडौँ । गीतकार नमिता दवाडीले फिमेल भर्सनमा हिट भएको गीत ‘परिचय’को मेल भर्सन बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत तथा विशाल निरौलाको एरेन्ज छ ।

भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञान र जीवन सङ्घर्षको कथा देखाउन खोजिए । भिडियोमा कमल सिंह मुख्य भूमिकामा छन् । नुर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय रहेको भिडियोमा लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुली र बालकालकारको रूपमा आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटाको पनि अभिनय रहेको छ ।

भक्तपुरका विभिन्न स्थानमा छायाङ्कन भएको भिडियो अगस्तीले निर्देशन गरेका हुन् । भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र शिलन लम्सालको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप