सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिटीद्वारा कोभाचिच अनुबन्ध

बुधबार, १३ असार २०८०, ०९ : ३०
बुधबार, १३ असार २०८०

म्यानचेस्टर । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटेयो कोभाचिचलाई चेल्सीबाट प्रारम्भिक २.५ करोड पाउन्डमा अनुबन्ध गरेको छ । ४ वर्षको करार अनुबन्ध गरेका २९ वर्षीय खेलाडीले थप ५० लाख पाउन्ड एड–अनका रुपमा प्राप्त गर्ने बताइएको छ ।

गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जितेर ट्रेबल पुरा गरेको सिटीका लागि कोभाचिच यो सिजनको पहिलो अनुबन्ध हुन् । कोभाचिचले आफू सिटीका लागि खेल्न उत्साहित रहेको बताएका छन् ।

कोभाचिच सन् २०१८ मा रियल मड्रिडबाट चेल्सी आइपुगेका हुन् । गत सिजन क्लब १२ औँ स्थानमा सीमित रहँदा उनले ३७ खेल खेलेका थिए । सन् २०२१ मा उनले चेल्सीसँग च्याम्प्यिन्स लिग पनि जितेका थिए । देशका लागि उनले ९५ खेल खेलेका छन् ।

मिडफिल्डर इल्को गुन्डोगान फ्रि–ट्रान्सफरमा सिटी छाडेर बार्सिलोना पुगेपछि कोभाचिचलाई अनुबन्ध गरेको घोषणा गरिएको हो । सिटीले वेस्ट ह्यामका मिडफिल्डर डेक्लन राइसका लागि ९ करोड पाउन्डको अफर गरे पनि त्यसलाई क्लबले अस्वीकार गरेको थियो ।
–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप