सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिल्म निर्माण गर्दै ‘बले’

बुधबार, १३ असार २०८०, ११ : २०
बुधबार, १३ असार २०८०

काठमाडौंँ । ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । उनले आफ्नै होम प्रोडक्सन बेले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको स्क्रिप्ट लेखन उनी आफैंले गरिरहेका छन् । जसको काम अन्तिम चरणमा छ । आफुले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुने सागरले बताए । फिल्मको निर्देशक अहिले फाइनल भएको छैन । फिल्ममा सागर आफु भने मुख्य भूमिकामा देखिनेछन् ।

‘लोफर’ अभिनय यात्रा सुरु गरेका सागरले ‘बले’ उपनाम यहि फिल्मबाट पाएका थिए । त्यसपछि ‘भन्द्रगोल’ हुँदै हाल ‘सक्किगोनी’ सिरियलसम्म आउँदा उनले यो उपनाम छोडेका छैनन् । उनलाई धेरैले नामले भन्दा ‘बले’ उपनामले चिन्छन् । बाल्यकालदेखि फिल्मको हिरो बन्ने सपना पालेका सागर पछिल्लो समय म्युजिक भिडियोमा निकै ब्यस्त छन् । महिनामा १० देखि १२ म्युजिक भिडियो अभिनय गर्ने गरेको उनले सुनाए ।

सागरलाई अभिनयका लागि बाहिरको केही फिल्मबाट पनि अफर छ । पहिले होम प्रोडक्सनको फिल्म गरेपछि मात्र बाहिरका फिल्म अभिनय गर्ने उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप