आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिजिटल रूपान्तरणमा सक्षम बनाउन कर्णाली प्रदेशलाई फ्रीमा 'टिग' वितरण

बुधबार, १३ असार २०८०, १२ : ३६
बुधबार, १३ असार २०८०

काठमाडौँ । अग्रणी डिजिटल सेवा प्रदायक टिगले साना तथा मझौला स्थानीय व्यवसायहरूको लागि गतिशील डिजिटल रूपान्तरणको नेतृत्व गर्न नेपालको कर्णाली प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ। गत आइतबार टिग टोलीका सदस्यहरूले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीसँग डिजिटल रणनीतिबारे छलफल गरेका छन् ।

मन्त्री जिसीले यस पहलले साना तथा मझौला उद्यमलाई टिगको लेखा र मौज्दात व्यवस्थापन प्लेटफर्ममा पहुँच प्रदान गरेर व्यवसायको सशक्तीकरण गर्ने लक्ष्य राखेको बताए ।

आधुनिक प्रविधिमा सबैलाई समेट्ने आफ्नो प्रतिबद्धता अनुसार टिगले कर्णाली प्रदेशमा भित्र पर्ने नौ जिल्लाहरू (पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट)मा दर्ता ठेगाना भएका सबै व्यवसायहरूलाई आफ्नो डिजिटल प्लेटफर्ममा निःशुल्क लेखा राख्न सकिने व्यवस्था गरेको छ। 

सामान्यतया प्रति व्यवसाय बिसदेखि बत्तिस हजारसम्म पर्ने सो सुविधा दुर्गम स्थानमा सञ्चालित कर्णाली प्रदेशका व्यवसायिहरुको लागी लक्षित गरिएको हो । ‘हाम्रो उद्देश्य भनेको कर्णालीलाई डिजिटल रूपान्तरण गर्नु हो र टिग जस्ता एपले व्यापार–व्यवसायलाई डिजिटलाइजेशनको लाभ लिन मद्दत गर्छ’ मन्त्री जिसीले भने

टिगले व्यवसायीहरूलाई व्यवसाय सञ्चालनलाई सुव्यवस्थित गर्न र लेखा तथा बहिखाता व्यवस्थित गर्न सक्षम बनाउनेछ। डिजिटल प्रविधिमा आधारित समाधानहरू अङ्गाल्नाले कर्णाली प्रदेशका व्यवसायहरूलाई डिजिटल युगमा सफल बनाउन सकिन्छ भन्ने विषयमा टिगको दृढ विश्वास रहेको छ । 

डिजिटलाइजेसनको माध्यमबाट स्थानीय व्यवसायहरूलाई सशक्तीकरण गरेर प्रदेशको आर्थिक वृद्धिलाई   ध्यानमा राखी टिगले मन्त्री जिसीको पहललाई समर्थन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप