आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
न्यायालय

कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक स्थगित

बुधबार, १३ असार २०८०, २० : ००
बुधबार, १३ असार २०८०

काठमाडौँ । कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित नभएका हुन् । 

उच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बैठक डाकिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप बुधबारका लागि बैठक डाकिएको थियो । तर बुधबारको बैठकमा कानुनमन्त्री धनराज गुरुङ उपस्थित हुन नसक्ने भएपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की

र वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित भएनन् । न्यायपरिषद्का दुईजना सदस्यहरु मात्रै परिषद्को सचिवालयमा उपस्थित भएका थिए ।  उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त छ । ४७ न्यायाधीशको पद रिक्त भएपनि यसअघि २७ न्यायाधीश पदमा नियुक्तिका लागि ८१ जनाको सर्ट लिष्ट तयार पारिएको थियो । सोही सर्ट लिष्टका आधारमा २७ जना न्यायाधीशको नियुक्ति गर्ने तयारी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप