सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका सात जना पक्राउ

बुधबार, १३ असार २०८०, १५ : ४९
बुधबार, १३ असार २०८०

काठमाडौँ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । 

सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप