आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे

बुधबार, १३ असार २०८०, १७ : २५
बुधबार, १३ असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरु नै विश्वसनीय नभएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सांसद गैरेले भने, ‘यो सरकारले गरेका खर्चका अनुमानहरु नै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरू पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वाभाविक रूपले गलत हुनेछ भन्ने मलाइ लाग्छ । त्यस कारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिँदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ । त्यो प्राप्त हुने देखिँदैन भन्ने कुरा म राख्न चाहन्छु । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप