आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री र मन्त्री निश्चित निर्वाचन क्षेत्रका भए : उद्धव थापा

बुधबार, १३ असार २०८०, १८ : ५६
बुधबार, १३ असार २०८०

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री र मन्त्री निश्चित निर्वाचन क्षेत्रको मात्र भएको बताएका छन् । 

पटक पटकको अवरोधपछि बुधबार केही समयमा लागि सञ्चालन भएको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले मुख्यमन्त्री र मन्त्रीहरू सिंगो प्रदेशको हुन नसककेको बताए । उनले प्रदेश सरकारका नेतृत्वकर्ताहरू बजेट निर्माणको विषयमा निश्चित घेराभन्दा बाहिर जान नसकेको बताए ।

‘सरकारका मुख्यमन्त्री र मन्त्रीहरू निश्चित निर्वाचन क्षत्रेको मात्र हुनुभयो । उहाँहरू समग्र प्रदेशको बन्न सक्नु भएन,’ उनले भने, ‘सरकारको बजेट समान्य वडा कार्यालयले गर्ने कार्यक्रमहरू समावेश भएको छ । २/५ लाख रुपैयाँको बजेट ल्याएर कार्यकर्ता पाल्ने काम भएको छ । बजेटमा सबै नागरिकले अपनत्व गर्ने प्रकृतिको आउनु पर्ने भएपनि त्यसो हुन सकेन ।’

प्रदेश सरकारको बजेटले संस्कृति संरक्षणमा ध्यान दिनु नसकेको उनले बताए । नेवार समुदायको संस्कृति ‘गुठ्ठि’ माथि हस्तक्षेप गर्दा सरकारले नै गल्ती महसुस गरी फिर्ता लिनु परेको भन्दै विगतमा घटनाक्रमहरु पनि सम्झनामा राख्न उनले आग्रह गरे ।

उनले सरकारको गतिविधिले राप्रपाको एजेण्डालाई सहयोग गरेको बताए । सरकार गतिविधि प्रदेश संरचनालाई कमजोर बनाउने तर्फ केन्द्रित भएकाले राप्रपाको एजेण्डालाई थप सहयोग पुगेको उनले बताए ।

‘सरकारको गतिविधिले हामीलाई सजिलो बनाइएको जस्तो देखिएको छ । हामी त प्रदेश संरचना खारेजको माग गर्दै आएका छौं । हाम्रो एजेण्डालाई सरकारका काम कारबाहीले सहजता प्रदान गरेको छ,’ नेता थापाले भने, ‘राप्रपाको पक्षमा समीकरण पुरा भएको अवस्थामा यो संरचना खारेज गर्ने हो । त्यो नपुग्दासम्म देश विकासमा मिलेर जाने भन्ने हाम्रो रणनीति रहेको छ । केन्द्रमा पनि सोही अनुसार हाम्रो उपस्थिति रहेको छ ।’

बजेटमा प्रतिपक्षले उठाएका सुझावहरू समेटेर समृद्ध बागमती प्रदेश निर्माणमा सरकारले अग्रसरता देखाउनु पर्ने उनले बताए । सरकारले बजेट समानुपातिक र समावेशी नबनाएसम्म प्रदेशसभाको बैठक चल्न नसक्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप