बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी
बुधबार, १३ असार २०८०, १९ : ३७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका हुन् । उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रूपमा सदुपयोग गर्नुपर्ने बताए ।
सांसद चौधरीले मन्त्रालयहरुले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए । उनले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरु चालेको पनि बताए ।
सांसद चौधरीले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभई सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।