सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राईलाई सर्वोत्कृष्ट भाषा साहित्य र खतिवडालाई सर्वोकृष्ट कला सम्मान गर्ने कोशी सरकारको निर्णय

बुधबार, १३ असार २०८०, २० : १७
बुधबार, १३ असार २०८०

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सुनसरीका बमबहादुर राईलाई एक लाख रुपैयाँ राशिको सर्वोकृष्ट भाषा साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री कार्यालयमा बुधबार बसेको बैठकले विराटनगरका प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडालाई एक लाख रुपैयाँ राशिकै सर्वोकृष्ट कला र संस्कृति सम्मान गर्ने निर्णय गरेको हो ।  

यस्तै ५० हजार राशिको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृतितर्फ बैजयन्ती मिश्र (भाषा/साहित्य), राधिका गुरागाईँ (भाषा साहित्य), शंकर चापागाइँ (साहित्य), बसुन्धरा देवी झा (मैथली संस्कृति), मिनकुमार श्रेष्ठ ‘नवोदित’ (साहित्य), साजन सन्ध्या राई (संगीत/गायन), संगीता कुमारी यादव (नृत्य/अभियन), गणेश कुमार राई (भाषा साहित्य), लक्ष्मी कुमार सेर्मा (भाषा अनुसन्धान), डिल्ली कृष्ण आले (ललितकला), वियोग सापकोटा (साहित्य), नरपति पाण्डे (भाषा/साहित्य)ले सम्मान पाउने भएका छन् । 

त्यसैगरी २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृतितर्फ मिलन नेपाली (रंगकर्मी/नाटक), युमन खालिङ राई (किराती साहित्य), मनिषा आचार्य ( साहित्य), विमला राई (भाषा/साहित्य) र पुरुषोत्तम नेपाली (गीतकार) लाई सम्मान गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । 

मन्त्रीपरिषद्को बैठकले मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८÷७९) लाई छलफलका लागि प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप