आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक सम्पदामा चुनाव चिन्ह घण्टी नबनाउन रास्वपाको आग्रह

बुधबार, १३ असार २०८०, २१ : ०५
बुधबार, १३ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घण्टी नराख्न अनुरोध गरेको छ ।

बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न भन्दै अनुरोध गरेका हुन् ।  

राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न सूचनामार्फत रास्वापाले सचेत गराएको छ ।

गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिन्हहरू बनाइएका थिए । केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिन्ह नबनाउन अनुरोध गरेको थियो । रास्वपाले त्यस सूचनाको समर्थन गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप