आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिलाउन सकारात्मक प्रगति भएको छ : उपप्रधानमन्त्री  खड्का

बिहीबार, १४ असार २०८०, ०९ : १४
बिहीबार, १४ असार २०८०

मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । 

खड्काले ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै  सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।  

मन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका  समस्या समाधानमा मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल   सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने विश्वास दिलाए । 

खड्काले सरकारले  एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । 

मन्त्री खड्काले एनआरएन नागरिकता छिट्टै कार्यान्वयनमा आउने विषयमा बोल्दै भने(  संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको छ छिट्टै नियमावलीको काम सकिन्छ । काम सुरु भइसकेको छ ।  सरकार र सिङ्गो संसद् एनआरएनएको पक्षमा छ । 

उनले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।   उनले भने विदेशमा सिकेको ज्ञान सीपलाई जुन क्षमता र हैसियत मा सकिन्छ त्यसरी प्रयोग गर्न छलफल गरौँ सरकारले गर्ने निर्णय गर्छ ।  मन्त्री खड्काले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन आग्रह गरे । 

सम्मेलनका विशिष्ट अतिथि पूर्व उपप्रधानमन्त्री एवं  सांसद रघुवीर महासेठले गैरआवासीय नेपाली सङ्घलाई सक्रिय र बलियो  बनाउन जोड दिए । उनले संस्था भित्र एकता कायम गरि  एकीकृत रूपमा अघि बढाउन नेपालका राजनीतिक दलहरुले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप