आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पायलट बाबा आश्रममा गुरु पूर्णिमा भव्यतापूर्वक मनाइँदै

बिहीबार, १४ असार २०८०, ११ : ५०
बिहीबार, १४ असार २०८०

हरिद्वार । हिन्दुहरूको धार्मिक आध्यात्मिक पर्व गुरु पूर्णिमा हरिद्वारस्थित पायलट बाबा आश्रममा भव्य रूपले मनाइने भएको छ । असार १८ गते परेको गुरु पूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनका कारण हरिद्वारस्थित पायलट बाबा आश्रममा चहलपहल बढ्न थालेको छ । 

नेपाल, भारत, रुस, युक्रेन, जर्मन, जापानलगायत विश्वको कुना कुनाबाट हजारौँ भक्तजनहरू आश्रममा आउने पत्रकार ज्ञानमित्रले जानकारी गराए । उनका अनुसार नेपालबाट झन्डै २०० जना भक्तजन गुरु पूर्णिमाका उत्सवमा सहभागी हुन हरिद्वार आउँदै छन् ।

असार १५ गते बिहान ८ बजे देखि प्रारम्भ हुन गइरहेको श्री गुरु दत्तात्रेय यज्ञबाट गुरु पूर्णिमा उत्सवको विधिवत शुभारम्भ हुनेछ।  त्रिदिवसीय यस यज्ञको पूर्णाहुति असार १७ गते हुने कार्यक्रम रहेको छ। असार १७ गते साँझ नै भारतका लोकप्रिय गायक एवम् भारतीय जनता पार्टीका सांसद मनोज तिवारीको भजन सन्ध्या कार्यक्रम हुनेछ।  

भोजपुरी फिल्म इन्डस्ट्रीका सुपर स्टारद्वय सांसद रवि किशन र सांसद दिनेशलाल यादव निरहुआको कार्यक्रममा उपस्थिति एवम् सहभागिता रहने छ । यसका अतिरिक्त बालिबुड अभिनेता गोविंदा र अभिनेत्री मनीषा कोइरालाको पनि उपस्थिति रहनेछ।

गुरु पूर्णिमा उत्सवमा विशिष्ट अतिथिका रूपमा भारतका केन्द्रीय रक्षा एवम् पर्यटन राज्यमन्त्री अजय भट्ट तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीको आगमन हुने कार्यक्रम रहेको छ।

गुरु पूर्णिमा उत्सवमा सहभागी हुन आउने सबै भक्तजनका लागि खाने र बस्ने व्यवस्था गर्न आश्रम व्यवस्थापन २४ घण्टा सक्रिय रहेको छ। नेपालबाट हरिद्वार आश्रममा आउने सबै भक्तजनको बस्ने कोठा प्रबन्धनको  संयोजन ज्ञानमित्रले गरिरहेका छन्। 

उत्सव अवधिभर तथा तत्पश्चात् जुलाई १५ सम्म गुरुदेव महायोगी पायलट बाबा हरिद्वार आश्रममै रहनेछन्। जुलाई १५ महायोगी पायलट बाबाको अवतरण दिवस पनि हो।

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप