सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलले राइसलाई भित्र्याउने सहमति, हाभर्टज अनुबन्ध

बिहीबार, १४ असार २०८०, १५ : ५९
बिहीबार, १४ असार २०८०

लण्डन । आर्सनलले वेस्ट ह्यामका मिडफिल्डर डेक्लन राइसलाई भित्र्याउने भएको छ । प्रिमियर लिग क्लबले २४ वर्षीय राइसलाई १०.५ करोड पाउन्ड तिर्न सहमत भएको हो । दुई क्लबबीच सम्झौतालाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।

यसअघि आर्सनलले गरेका दुईवटा अफरहरू वेस्ट ह्यामले अस्वीकार गरेको थियो । मंगलबार अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले राइसका लागि गरेको ९ करोड पाउन्डको अफर पनि वेस्ट ह्यामले स्वीकार गरेको थिएन ।

ह्यामरका कप्तान राइस सन् २०१४ मा चेल्सीबाट क्लबमा आबद्ध भएका हुन् । उनको नेतृत्वमा क्लबले गत महिना युरोपा कन्फरेन्स लिग जितेको थियो । त्यो पछिल्लो ४३ वर्षमा क्लबको पहिलो मुख्य ट्रफी थियो । राइसले वेस्ट ह्यामका लागि २४५ खेलमा १५ गोल गरेका छन् । इंग्ल्याण्डका लागि उनले ४३ खेल खेलेका छन् ।

त्यस्तै, क्लबले चेल्सीका फरवार्ड काई हाभर्टजलाई अनुबन्ध गरेको छ । ६.५ करोड पाउन्डमा क्लबले उनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।

२४ वर्षीय खेलाडीलाई चेल्सीले बायर लेभरक्युजनबाट ७.१ करोड पाउन्डमा भित्र्याएको थियो । उनले स्टामफोर्ड ब्रिजमा ३ वर्ष बिताए । गत सिजन उनले क्लबका लागि ९ गोल गरेका थिए । चेल्सीसँग सन् २०२१ मा च्याम्पियन्स लिग जितेका जर्मन खेलाडीले क्लबका लागि ९१ खेलमा १९ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप