सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा विस्फोटसम्बन्धी घटनाका तीन आरोपित पक्राउ

बिहीबार, १४ असार २०८०, १८ : ५०
बिहीबार, १४ असार २०८०

बुटवल । रुपन्देहीका विभिन्न तीन स्थानमा भएका विस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा  तीन जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत बहादुर विकले बताए ।

तीन दिनअघि पक्राउ परेका उनीहरुबाट लु८५प ६१२१ र लु२०प २५७२ नम्बरको पल्सर मोटसाइकल १/१ थान, पोको, रियलमी, रेडमी, ट्याम्बो र नोकिया मोबाइल १र१ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।  

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप