आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाइते

बिहीबार, १४ असार २०८०, १९ : ३६
बिहीबार, १४ असार २०८०

धनगढी ।  बाजुरामा जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । 

जीपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् भने बाँकि ३ जना सकुशल छन् ।

जीप दुर्घटनामा घाइते भएका मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न सार्की, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका ४ का ३५ वर्षीय छम्मा सुनार र वडा नं ६ का १८ वर्षीय मान बहादुर सार्की रहेका प्रहरीले जनाएको छ । 

उनीहरूको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको बताएको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप