आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ : श्रममन्त्री भण्डारी

बिहीबार, १४ असार २०८०, २० : १२
बिहीबार, १४ असार २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शरदसिंह भण्डारीले  अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्ने बताएका छन् । 

बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता गर्नुपर्ने बताए । 

'दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता हुनुपर्छ ।  अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ', उनले भने,'वैदेशिक रोजगार विभागमा २० हजार ठगी मुद्दा छन् । ठगीको विकराल समस्या छ । समाधान गर्न टास्क फोर्स बनाइएको छ ।'

मन्त्री भण्डारीले के कामका लागि फ्री भिसा फ्री टिकट हो भनेर प्रश्न गरेका छन् । सरकारको काम सहजीकरण गर्नु भएको भन्दै उनले  व्यवसाय नगर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप