सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा जुवातास खेलिरहेका १० जना पक्राउ

शुक्रबार, १५ असार २०८०, १४ : ३८
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौँ धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद २ लाख ६५ हजार १ सय २० रुपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप