बालाजुमा साढे २ लाख बराबरको धनमाल चोरी
शुक्रबार, १५ असार २०८०, १४ : ४८
काठमाडौँ । काठमाडौँको बालुजामा बिहीबार राति चोरी भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु बोहोराटार हाइट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट बिहीबार राति चोरी भएको हो ।
प्रहरीका अनुसार कोठाबाट नगद ८ हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।