सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड, तस्बिरहरु

शुक्रबार, १५ असार २०८०, १६ : ०१
शुक्रबार, १५ असार २०८०

पोखरा । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।  

शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का स्थानीयसँग अन्तरक्रिया गरेका हुन् । 

स्थानीयसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।  

सो क्रममा अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।  

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।  

स्थानीय जनतासँग अन्तरक्रियापछि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले उठाएका विषयहरूबारे सम्बोधन गर्ने कार्यसूची रहेको छ।

prachandaprachanda1prachanda2prachanda3prachanda5prachanda6prachanda7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप