आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

सलाइन पानी बोकेर सरकारी वकिल कहाँ पुगेका मीनबहादुरसहित ३ जना अस्पतालमा

पूर्वखरिदार मात्र हिरासतमा, आजबाट बयान सुरु
शुक्रबार, १५ असार २०८०, १७ : २९
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका ३ जना अस्पतालमा भर्ना भएका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह र पूर्व शाखा अधिकृत धर्मप्रसाद गौतम अस्पतालमा भर्ना भएका हुन् ।

आरोपितहरूलाई महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । ब्यूरोका ती अधिकृतका अनुसार शाह प्रोस्टेट र मेरुदण्डको बिरामी छन् । धर्मप्रसाद गौतम अक्सिजन लिइरहन्छन् । मीनबहादुर गुरुङ उच्च रक्तचाप र मुटुको बिरामी भएको कारण देखाउँदै अस्पतालमा भर्ना भएका हुन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्ते गरेको आरोपमा पक्राउ गरिएका एकजना मात्रै अहिले सीआईबीको हिरासतमा छन् । ब्यूरोका अधिकृतहरूका अनुसार पूर्व खरिदार गोपाल कार्की मात्रै हिरासतमा छन् ।

असार १२ मा उनीहरू पक्राउ परेका थिए । आरोपितहरू विरुद्ध शुक्रबारबाट सीआईबीमा बयान लिन थालिएको छ । 

यता पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधीर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप