सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो एसेस टेस्ट : पहिलो पालीमा अस्ट्रेलियासँग ९१ रनले पछि पर्‍यो इङ्ल्यान्ड

शुक्रबार, १५ असार २०८०, १७ : ३५
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाको दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्ड पहिलो पालीमा अस्ट्रेलियासँग ९१ रनले पछि परेको छ । दोस्रो टेस्टको तेस्रो दिन शुक्रबार इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा तीन सय २५ रन बनाउँदै अलआउट भयो । पहिलो पालीमा इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान बेन डुकेटले ९८ रनको योगदान गरे । उनले एक सय ३४ बलको सामना गरी नौ चौका हिर्काएका थिए । ह्यारी ब्रुकले पनि अर्धसतकीय पाली खेलेका थिए । उनले ६८ बलमा चार चौकाको मद्दतले ५० रन बनाए । 

ओपनर ज्याक क्रावलीले ४८ रन जोडे भने ओली पोपले ४२ रन बनाए । अस्ट्रेलियाका बलर मिचेल स्टार्कले तीन विकेट लिए । जस हेजलउड र ट्राभिस हेडले पनि दुई—दुई विकेट हात पारे । क्यामरुन ग्रिन, नाथन लियोन र प्याट कुमिसन्सले एक—एक विकेट लिए ।  त्यसअघि अघिल्लो दिन बिहीबार अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा चार सय १६ रन बनाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि स्टिभन स्मिथले सतकीय पाली खेलेका थिए । उनले एक सय १० रन बनाएका थिए । 

अस्ट्रेलियाका लागि पहिलो पालीमा ट्राभिस हेडले पनि ७७ रनको योगदान गरेका थिए । ओपनर ब्याट्सम्यान डेभिड वार्नरले पनि ६६ रन बनाएका थिए । पाँच टेस्टको एसेस शृंखलाको पहिलो खेलमा भ्रमणकारी टोली अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप