आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडा बस दुर्घटना : घाइते एक जनाकाे थप उपचारका लागि भरतपुर रिफर

शुक्रबार, १५ असार २०८०, १८ : २८
शुक्रबार, १५ असार २०८०

मकवानपुर । हेटौंडामा भएको यात्रुवाहक बस दुर्घटनाका घाइते एक जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ नवलपुरमा भएको बस दुर्घटनाका घाइते मध्ये एक जनालाई थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका महोत्तरी जलेश्वर नगरपालिका १ बस्ने ३२ वर्षीय राकेश पाण्डेको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो । बस दुर्घटनामा ५२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ३० जनाको हेटौंडा अस्पताल र २१ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप