आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा ट्रक दुर्घटना : ६ जनाको मृत्यु, २ गम्भीर घाइते

शुक्रबार, १५ असार २०८०, २१ : ४४
शुक्रबार, १५ असार २०८०

नयाँदिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँ्दाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन् । पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन् ।-(रासस–सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप