सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिरासतबाट फरार २ जना प्रतिवादी पक्राउ

शनिबार, १६ असार २०८०, १२ : ४४
शनिबार, १६ असार २०८०

बर्दिया । ज्यान मार्ने उद्योगमा गत असार ८ गतेदेखि अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको हिरासतमा रही हिजो फरार भएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । 

कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले फरार भएका अजय नेपाली र राजा नेपालीलाई पक्राउ गरेको हो । 

बेलझुण्डि सामुदायिक वन र डाँफे सामुदायिक वनबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप