आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरूवा बन्दुकसहित एक जना पक्राउ

शनिबार, १६ असार २०८०, १८ : ०४
शनिबार, १६ असार २०८०

सल्यान ।  कपुरकोट गाउँपालिका-३ दमारखोला बस्ने ३७ वर्षीय कमल बिकलाई भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी कपुरकोट र ईलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप