आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा ऐन जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन

शनिबार, १६ असार २०८०, १८ : २५
शनिबार, १६ असार २०८०

काठमाडौँ । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्दै उनीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ । प्रदर्शनमा सहभागीहरूले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोइ ? शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर,  लगाoतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप