कर्णाली प्रदेशसभा बैठक बस्दै
आइतबार, १७ असार २०८०, ०७ : ०२
सुर्खेत । आज कर्णाली प्रदेशसभा बैठक बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।
यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेको थिएन । बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी छ ।
संसद्मा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस सहमति हुन भने सकेको छैन ।