आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो संसार’मा सुदित र निलमको प्रेम

आइतबार, १७ असार २०८०, ११ : ५२
आइतबार, १७ असार २०८०

काठमाडौँ । प्रताप दास र रानी शाक्यको स्वर रहेको गीत ‘मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा विना भट्टराईको शब्द तथा मीन गुरुङको सङ्गीत छ ।

प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुईको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय छ । यी दुवै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् ।

सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायाङ्कन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप