आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्तीको बाढीमा फसेका ६ ग्वालाको उद्धार

आइतबार, १७ असार २०८०, १५ : ००
आइतबार, १७ असार २०८०

कोहलपुर । बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो ।

शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टापुमा फसेका थिए । ६ जना ग्वालासहित ७८ वटा बाख्राको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका ५ बजे उनीहरु फसेको सूचना स्थानीयले प्रहरी र प्रशासनलाई जानकारी दिएका थिए । 

जानकारी पाएपश्चात् तत्काल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा सबैको सकुशल उद्धार गरिएको प्रजिअ आचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप