आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

आइतबार, १७ असार २०८०, १६ : ०७
आइतबार, १७ असार २०८०

काठमाडौँ । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेस्थित सडकमा  बा.९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो । 

दुर्घटना गम्भीर घाइते भएका उनको ङा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

म्याग्दीको रघुगंगा गाउँपालिका-३ दुलेपानीस्थित सडकमा ग.१ त ७२८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ मालिका बस्ने २३ वर्षीय सुजन परियारको घटनास्थलमै मृत्यु भएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप