सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमै नक्कली नोटको कारोबार

आइतबार, १७ असार २०८०, २० : ४७
आइतबार, १७ असार २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले असार १५ गते ललितपुरको इमाडोलबाट मकवानपुर घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले भोम्जनको साथबाट ५ सय दरका १६० थान गरी जम्मा ८० हजार बराबरको नक्कली नोटहरू बरामद गरेको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप