सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौरिससमा लाख कमाउने जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

आइतबार, १७ असार २०८०, २० : ५३
आइतबार, १७ असार २०८०

काठमाडौँ । मौरिससमा आकर्षक तलबसहित वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भई हाल काठमाडौँको वनस्थली बस्ने ४४ वर्षीय भविन्द्र नाथ लामा रहेका छन् । 

लामाले यमबहादुर नेपाललाई वैदेशिक रोजगारीमा मौरिसस पठाइदिन्छु, त्यहाँ पुगेपछि मासिक एक लाख तलब हुने गार्मेन्टमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएर पीडितबाट ४ लाख ५० हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन बनेका थिए ।

लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार १५ गते वनस्थलीको ढुंगेधाराबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप