आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुरु–चेला राजु र करणको गीत ‘धन्यवाद’ सार्वजनिक

सोमबार, १८ असार २०८०, १० : ४५
सोमबार, १८ असार २०८०

काठमाडौँ । चर्चित गायक राजु लामा र ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईको नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । राजुकै शब्द तथा सङ्गीत रहेको गीतलाई देवेश राईले एरेञ्ज गरेका छन् । गीत करणको युट्युबमार्फत सार्वजनिक भएको हो ।

‘द भ्वाइस अफ नेपाल सिजन–४’ को यात्रामा दर्शकले दिएको साथ, माया, हौसला र आशिर्वादको मैले जति नै धन्यवाद दिए पनि कम हुन्छ । त्यसैले हामीले गीतमार्फत कृतज्ञता व्यस्त गरेको छु’ गायक रणले भने ।

दर्शकको माया खेर जान नदिने वाचा गरिएको गीतको भिडियोमा पनि राजु र करण नै देखिएका छन् । भिडियोमा ईशक जाबेगुको निर्देशन र छायाङ्कन छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप