आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अटो दुर्घटनामा चालकको मृत्यु

सोमबार, १८ असार २०८०, ११ : ४५
सोमबार, १८ असार २०८०

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप