सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, १८ असार २०८०, १५ : १८
सोमबार, १८ असार २०८०

काठमाडौँ । अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भई हाल काठमाडौँ बस्दै आएका ३१ वर्षीय नवीन बस्नेत रहेका छन् । 

बस्नेतसहितले दाङकी एक महिलालाई कुटपिट गरी सामूहिक रूपमा जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको प्रहरीले जनाएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गर्न काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप