सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

सोमबार, १८ असार २०८०, १७ : ५५
सोमबार, १८ असार २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया घर भई हाल काठमाडौँको बाफल बस्ने २९ वर्षीय ससिनकुमार थापा रहेका छन् ।

थापाले सन्तोष गुरुङसमेत दुई जनालाई प्रतिष्ठित होटलमा जागिर लगाइदिने भन्दै रोमानिया पठाउने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गरेको आरोप छ । सो रकम लिएर उनी सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।

कार्यालयको टोलीले थापालाई गत १७ गते बाफलबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप