सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलेसियालाई हराउँदै उपाधि चुम्ने दाउमा नेपाल

सोमबार, १८ असार २०८०, १७ : ५७
सोमबार, १८ असार २०८०

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आयोजक मेलेसियासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । फाइनल खेल मंगलबार मलेसियाको वायुमास रंगशालामा हुनेछ । 

नेपालले सोमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक मलेसिया भने अर्को सेमिफाइनल खेलमा हङ्कङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । 

यही प्रतियोगिताको समूहगत चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । उक्त खेलमा विजयी भएपछि नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको विशाल अन्तरले पराजित गरेको थियो । 

सिंगापुरविरुद्घ टस जिती पहिलो ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सिंगापुरले भने ३१.३ ओभरमा अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सकेको थियो । 

नेपालका लागि ओपनर सूर्यान्सु कोइरालाले ४३ र निरजकुमार यादबले ४२ रन बनाएका थिए । कप्तान अभिषेख तिवारीले २५ रन जोडेका थिए । सिंगापुरका लागि ओपनर रोसन रविचन्द्रनले सर्वाधिक २४ रन बनाएका थिए । नेपाली टोलीका बलर कृर्तिक कामतले तीन विकेट लिए । अभिषेख तिवारी, प्रतिक पोखरेल, सन्तोष यादब, अशोक धामी र नरेन भट्टले एक—एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप