सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

मङ्गलबार, १९ असार २०८०, ०६ : २८
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । एसीसी यू(१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ ।  मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा  फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो । 

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप