‘नदेख्दा तिमीलाई’मा केकीसँग रञ्जनको रोमान्स
मङ्गलबार, १९ असार २०८०, ०९ : ०१
काठमाडौँ । गायिका रचना रिमाल र गायक रञ्जन राईको स्वर रहेको गीत ‘नदेख्दा तिमीलाई’ सार्वजनिक भएको छ । रोमाण्टिक शैलीको गीतमा डिपी खनालको शब्द तथा नविन कार्कीको संगीत रहेको छ ।
गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रञ्जन कोइरालाको प्रेम र रोमान्स देख्न सकिन्छ ।
बुद्ध थापाको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो राजिव समरको निर्देशन गरेका हुन् ।