आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमा मालिनीले भनिन्, ‘श्रीमान्‌लाई खुसी पार्न खाना बनाइनँ, छोरीहरू रिसाएपछि निर्णय फेरेँ’

मङ्गलबार, १९ असार २०८०, १३ : ११
मङ्गलबार, १९ असार २०८०

‘ड्रिम गर्ल’ भनेर चिनिने हेमा मालिनीले २ मे १९८० मा अभिनेता धर्मेन्द्रसँग विवाह गरेकी थिइन् । पन्जाबी परिवारको भएकोले धर्मेन्द्र खानाको असाध्यै सौखिन थिए । तर हेमाले उनलाई प्रभावित पार्नका लागि कहिल्यै खाना बनाइनन् । छोरी इसा र अहाना देओल रिसाएपछि मात्रै हेमाले खाना बनाउन सिकिन् ।

‘धरमजीलाई खुसी पार्न मैले खाना पकाउनु परेन’ – हेमा

द कपिल शर्मा शोको एक एपिसोडमा हेमाले धर्मेन्द्रसँग विवाह गरेपछि आफूले खाना पकाउन नसिकेको बताइन् । अभिनेत्रीले भनिन्, ‘मैले कहिल्यै खाना पकाउनु परेन । धरमजीलाई खुसी पार्न मैले खाना पकाउनु पर्दैनथ्यो । हामी दुबै जना धेरैजसो काममा व्यस्त हुन्थ्यौँ ।’

बच्चा जन्मिएपछि खाना पकाउन सिक्नुपर्छ भन्ने लाग्थ्यो – हेमा

हेमाले थपिन्, ‘छोरी जन्मिएपछि परिस्थिति बदलियो । त्यति बेला मैले खाना बनाउन जान्नु कत्तिको महत्त्वपूर्ण छ भनेर बुझेँ । इसा स्कुल जाँदा उनका साथीहरूले आमाले बनाएको भनेर धेरै थरी खानेकुरा देखाउँथे । उनीहरुले ‘तिम्रो आमाले के बनाउनुहुन्छ ?’ भनेर पनि सोध्थे । त्यसैले उनीहरू घर आएर ‘तपाईंले किन केही पनि बनाउनुहुन्न ?’ भनेर रिसाएर सोध्थे । यो सुनेर मलाई असाध्यै नराम्रो लाग्यो । मैले आमालाई फोन गरेर ‘मलाई किन खाना बनाउन नसिकाएको’ भनेर रिसाएँ ।’

hemaविदेश गएर हेमाले आमाबाट खाना पकाउन सिक्नुपर्‍यो 

त्यसपछि हेमा मालिनीले विदेशमा आफ्नो बिदाको समयमा खाना पकाउन सिकिन् । उनले खाना पकाउन सिक्न आमालाई लन्डनबाट भारत बोलाउँथिन् र आफ्ना छोरीहरूका लागि विभिन्न खानेकुरा बनाएर खुवाउँथिन् । उनले थपिन्, ‘विदेशमा हाम्रो बिदाका बेला मैले पूरै खाना बनाउन सिकेँ । म आफ्नी आमालाई लन्डनबाट बम्बई बोलाउँथे र कुन खानेकुरा कसरी बनाउने भनेर सोध्थेँ ।’

कार्यक्रममा हेमासँग उनकी छोरी इसा पनि पुगेकी थिइन् । उनले भनिन्, ‘यो सबै विदेशमा हुन्थ्यो । त्यहाँ भारतीय खाना खानुको मज्जा नै बेग्लै हुन्थ्यो । आमाले त्यहाँ खाना बनाउनुहुन्थ्यो र हामी रेस्टुरेन्टमा खाँदैनथ्यौँ । हामी लन्डन घुम्थ्यौँ र त्यसपछि अपार्टमेन्टमा आएर आमाको हातको खाना खान्थ्यौँ ।’

hema malini1सन् १९८० मा धर्मेन्द्रले इस्लाम धर्म अपनाएर दोस्रो विवाह गरे 

वास्तवमा धर्मेन्द्र र प्रकाश कौरको परिवारको सहमतिमा सन् १९५४ मा विवाह भएको थियो । त्यति बेला धर्मेन्द्र १९ वर्षका थिए । पछि, यो जोडी सन्नी देओल, बबी देओल, विजेता र अजिताका आमाबुवा बने । आफ्नो फिल्मी करियरको क्रममा धर्मेन्द्रले हेमा मालिनीलाई भेटे र दुवै एक अर्काको प्रेममा परे ।

धर्मेन्द्र पहिले नै विवाहित थिए, त्यसैले उनले हेमासँग दोस्रो विवाह गर्न सकेनन् । उनी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न पनि चाहँदैनथे । यसै कारण उनले धर्म परिवर्तन गर्नुपरेको थियो । धर्मेन्द्रले इस्लाम धर्म अपनाएर आफ्नो नाम दिलावर खान र हेमाले आफ्नो नाम आयशा बीआर चक्रवर्ती राखिन् । त्यसपछि सन् १९८० मा दुवैले विवाह गरे ।

धर्मेन्द्रको विवाहले उनकी पहिलो पत्नीलाई स्तब्ध बनायो । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने हेमा र प्रकाश फरक–फरक घरमा बस्थे । हेमाका दुवै छोरीलाई धर्मेन्द्रको घर जान अनुमति थिएन भन्ने गरिन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप