आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिट्रोन ई सी थ्री एक लाख रुपैयाँमा प्रि–बुकिङ गर्न सकिने

बुधबार, २० असार २०८०, ०९ : ५८
बुधबार, २० असार २०८०

काठमाडौँ । विद्युतीय गाडी सिट्रोन ई सी थ्री नेपाली बजारमा प्रि–बुकिङका लागि खुला भएको छ । अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

२९।२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका रहेको छ । यसमा रहेको विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ ।

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२।९९ लाख र फिल भेरियन्टको मूल्य ३४।९९ लाख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप