सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय क्रिकेटको नयाँ जिम्मेबारीमा अजित अगारकर

बुधबार, २० असार २०८०, १२ : ४९
बुधबार, २० असार २०८०

काठमाडौँ । भारतीय पुरुष क्रिकेट टोलीको प्रमुख चयनकर्तामा पूर्वखेलाडी अजित अगारकर नियुक्त भएका छन् । पूर्वअन्तर्राष्ट्रिय खेलाडी अगारकर आफ्नो समयका चर्चित तिब्रगतिका बलर हुन् । प्रमुख चयनकर्ताको पद गत फेब्रुअरीदेखि रिक्त थियो । तात्कालिन प्रमुख चयनकर्ता चेतन शर्मा बर्खास्तीमा परेका थिए । पाँच सदस्यीय छनोट समितिका अन्य सदस्य भने यसअघि नै नियुक्त भइसकेको समाचारमा जनाइएको छ । छनोट समितिको अन्य चार सदस्यमा शिवसुन्दर दास, सलिल अंकोला, सुब्रोतो बनर्जी र एस। सारथ रहेका छन् । 

अगारकरलाई सबैभन्दा जेष्ठ सदस्यको रुपमा अध्यक्ष पदक दिइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । पाँच सदस्यीय छनोट समितिमा जेष्ठ सदस्यलाई अध्यक्ष बनाउने नियम रहेको छ ।  ४५ वर्षीय अगारकरले आफ्नो सक्रिय खेलजीवनमा भारतका लागि २६ टेस्ट खेलेका थिए । यसका अतिरिक्त उनले एक सय ९१ वटा एकदिवसीय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । अगारकरको नेतृत्वमा पहिलो पटक टीट्वान्टी टोलीको छनोट हुनेछ । 

आगामी अगस्तमा भारतले वेस्ट इन्डिजसँग पाँच खेलको टीट्वान्टी शृंखला खेल्दैछ । उक्त शृंखलाको पहिलो खेल ३ तारिखमा खेलिने छ । त्यो शृंखला खेल्ने भारतीय टोलीको चयन अगारकर नेतृत्वको छनोट समितिले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप