आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमाको पहिलो गर्भावस्था लुकाइएको थियो : इसा जन्मिँदा धर्मेन्द्रले पुरै अस्पताल बुक गरेका थिए

बुधबार, २० असार २०८०, १३ : २७
बुधबार, २० असार २०८०

हेमा मालिनी र धर्मेन्द्रले सन् १९८० मा एक–अर्कासँग विवाह गरेका थिए । धर्मेन्द्र आफ्नी जेठी श्रीमतीलाई सम्बन्धविच्छेद गर्न चाहँदैनथे त्यसैले उनले आफ्नो धर्म फेरेर विवाह गर्ने निर्णय गरे । सन् १९८१ मा धर्मेन्द्र र हेमा इसाका आमाबुवा बने । त्यतिबेला हेमाको गर्भावस्थाबारे कसैलाई केही पनि भनिएको थिएन । उनका नजिकका साथी र परिवारका सदस्यबाहेक अरू कसैलाई पनि केही भनिएको थिएन । 

हेमालाई पहिलो सन्तान जन्माउन अस्पताल भर्ना गर्दा धर्मेन्द्रले आफ्नो गोपनीयता कायम राख्न सक्दो प्रयास गरे । अभिनेताले आफ्नी श्रीमतीका लागि पूरै अस्पताल बुक गरेका थिए ताकि हेमाले शान्ति महसुस गर्न सकुन् । 

‘हेमा गर्भवती भएको कसैलाई थाहा थिएन’ नीतु कोहली

हेमा मालिनीकी साथी नीतु कोहली चर्चित टिभी च्याट शो ‘जीना इसी का नाम है’ मा पुगेकी थिइन् । यति बेला नीतुले भनिन्, ‘इसा जन्मिनै लाग्दा पनि धेरैलाई हेमा गर्भवती भएको थाहा नै थिएन । ईशाका लागि धरम जीले पूरा अस्पताल बुक गरेका थिए । यो लगभग सय कोठा भएको एउटा नर्सिङ होम थियो । धरम जीले त्यतिबेला अस्पतालको सबै सय वटा कोठा बुक गराएका थिए ।

नीतुले त्यतिबेला धर्मेन्द्रको कदमबारे कसैलाई थाहा नभएको बताइन् । इसाको जन्म २ नोभेम्बर १९८१ मा भएको थियो ।

dharmendra1धर्मेन्द्रकी आमा कसैलाई नभनी हेमालाई भेट्न पुगिन्

राम कमल मुखर्जीले लेखेको जीवनी हेमा मालिनीः बियन्ड द ड्रीम गर्लमा अभिनेत्रीले आफ्नी सासू सतवंत कौरलाई भेटेको कुरा गरेकी छिन् । हेमाले आफ्नो पहिलो सन्तान अर्थात् अभिनेत्री इसा देओललाई जन्म दिन लाग्दा सासू भेट्न आएको उल्लेख गरेकी छिन् । भेटका बारेमा जानकारी दिँदै हेमाले सतवन्त परिवारमा कसैलाई जानकारी नदिई भेट्न आएको बताइन् ।

हेमाले सासूको तारिफ गरिन्, भनिन्, ‘उहाँले मलाई अँगालो हाल्नुभयो’

हेमाले भनिन्, ‘धरमजी की आमा सतवंत कौर निकै दयालु थिइन् । मलाई याद छ, म पहिलोपटक गर्भवती भएकी थिएँ, त्यतिबेला उहाँ मलाई भेट्न जुहुको एक डबिङ स्टुडियोमा आउनुभएको थियो । उहाँले घरमा कसैलाई पनि केही नभनीकन मलाई भेट्न आउनुभएको थियो । मैले उहाँको खुट्टा छोएँ र उहाँले मलाई अँगालो हाल्दै भन्नुभयो, ‘बेटा, सधैँ खुसी हुनु ।’ उहाँ मसँग खुसी हुनुहुन्थ्यो भन्ने थाहा पाएर मलाई खुसी लाग्यो ।’

dharmendra2हेमाले विवाहअघि धर्मेन्द्रकी जेठी श्रीमतीलाई भेटेकी थिइन्

पुस्तकमा हेमाले धर्मेन्द्रकी जेठी पत्नी प्रकाश कौरसँगको पहिलो भेटको बारेमा बताएकी छिन् । अभिनेत्रीले प्रकाश कौरलाई सामाजिक जमघटमा भेटेको बताइन् । तर, विवाहपछि हेमाले उनीबाट टाढिने निर्णय गरिन् ।

हेमाले आफ्नो पुस्तकमा लेखेकी छन्, ‘म कसैलाई डिस्टर्ब गर्न चाहन्नँ । धर्मजीले मेरो र मेरा छोरीहरूको लागि जे गर्नुभयो त्यसमा म खुसी छु । कुनै पनि बुबाले जस्तै उहाँले बुबा हुनुको कर्तव्य पूरा गर्नुभयो । म यसमा खुसी छु ।’

हेमाले प्रकाशलाई सम्मान गर्छिन्

हेमाले आफ्नो पुस्तकमा लेखेकी छिन्, ‘आज म एक कामकाजी महिला हुँ । आफ्नो जीवन कला र संस्कृतिमा समर्पित गरेकोले आफ्नो इज्जत कायम राख्न सकेको छु । मलाई लाग्छ... यदि परिस्थिति अलि फरक भएको भए आज म जस्तो छु त्यो हुने थिएन । मेरा छोरीहरूले पनि धरमजीको परिवारलाई सम्मान गर्छन् । सबै मेरो जीवन बारे जान्न चाहन्छन्, तर यो अरूले थाहा पाउनका लागि होइन ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप