सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आफ्नै समर्थकबाट कुटिए फुटबलर लुआन

बुधबार, २० असार २०८०, १३ : ३२
बुधबार, २० असार २०८०

काठमाडौँ । ब्राजिलियन फुटबल क्लब कोरिनथियन्सका समथर्कले मंगलबार राति आफ्नै क्बलका खेलाडीलाई कुटेका छन् । कोरिनथियन्सका समथर्कले सोही क्लबबाट खेल्ने ३० वर्षीय मिडफिल्डर लुआनलाई कुटेका हुन् । स्थानीय सञ्चारमाध्यकका अनुसार, त्यतिबेला मिडफिल्डर लुआन एउटा होटलमा थिए । त्यसपछि केही आक्रोसित समर्थक होटलभित्र प्रवेश गरेर लुआनलाई बाहिरि निकालेका थिए । ती समर्थकहरु पछिल्लो समय क्लबमा लुआनको प्रदर्शनबाट आक्रोसित बनेको बताइएको छ ।

होटलबाट बाहिर निकालेर आक्रोसित समर्थकले उनलाई हातपात गरेका थिए । कोरिनथियन्ससँग उनको सम्झौता यही सिजनको अन्त्यमा सकिँदैछ । लुआनले सामाजिक सञ्जाल इन्स्टाग्राममा रगतले लत्पत्तिएको आफ्नो कपडाको तस्बिर पोष्ट गरेका छन् ।  लुआनमाथि गरिएको दुर्व्यवहारलाई लिएर कोरिनथियन्सले दुःख व्यक्त गरेको छ । ‘यो अत्यन्तै निन्दनीय व्यवहार हो । क्लब यस्ता घटनाको निन्दा गर्दछ । लुआनमाथि भएको घटनाबाट हामी अत्यन्तै दुःखी छौ ।,’ कोरिनथियन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, मिडफिल्डर लुआनले मंगलबार राति स्थानीय एक क्लबमा पार्टीको आयोजना गरेका थिए । सोही पार्टीका क्रममा उक्त घटना भएको थियो । लुआन ब्राजिलियन राष्ट्रिय टोलीका सदस्य पनि हुन् ।  लुआन सन् २०२० मा कोरिनथियन्समा आवद्ध भएका थिए । उनले हालसम्म क्लबका लागि ८० खेल खेलेर ११ गोल गरेका छन् । सन् २०१६ मा रियो दी जेनेरियोमा भएको ओलम्पिक खेलकुदमा ब्राजिलले फुटबलको स्वणर् पदक जित्दा पनि लुआन टोलीको महत्वपूर्ण सदस्य थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप