आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्छ : सांसद गैरे

बुधबार, २० असार २०८०, १६ : २९
बुधबार, २० असार २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । 

उनले नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताए । 

सांसद गैरेले नदी किनारका ८० प्रतिशत बस्तीहरु भूमाफियाको कब्जामा रहेको भन्ने तथ्य आइरहेको भन्दै बाधालाई हटाएर भूमाफियाहरु बनेर बसिरहने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने बताए ।  

सांसद गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरुलाई सोही अनुसारको कारबाही गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप