आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहरलाई व्यवस्थित नहुनुको कारण फोहोर व्यवस्थापन हो : मन्त्री गुरुङ

बुधबार, २० असार २०८०, १६ : ३५
बुधबार, २० असार २०८०

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले सहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छन् । 

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताइन् । 

मन्त्री गुरुङले सहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताइन् । उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि सहर व्यवस्थापन चुनौती बनिरहेको बताइन् ।  

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन् । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् । उनले अन्तर मन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताइन् । 

मन्त्री गुरुङले अन्तर मन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप