आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिचन्द्र क्याम्पसका प्राध्यापक कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक पाएनन्, आन्दोलनको घोषणा

बुधबार, २० असार २०८०, १७ : ४०
बुधबार, २० असार २०८०

काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूले एक वर्षदेखि बृद्धि गरिएको तलब नपाएको गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७९/०८० को शुरूदेखि लागू हुनेगरी बृद्धि भएको तलब–भत्ता आर्थिक वर्षको अन्तिम महिना बित्नै लाग्दा समेत नपाएको बताएका हुन् ।  त्यस्तै आंशिक रूपमा प्राध्यापनरत प्राध्यापकहरूले समेत पाउनुपर्ने पारिश्रमिक लामो समयदेखि नपाएको उनीहरूको भनाई छ । लामो समयदेखि तलब भत्ता नपाएपछि प्राध्यापक संघ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले आपत्ति जनाएको छ । 

लामो समयसम्म पारिश्रमिक पाउन नसकेकाले प्राध्यापक एवं कर्मचारी वर्ग निरास भइरहेको संघको भनाई छ ।  उक्त समस्याको समाधान तीन दिनभित्रमा समाधान नभएको खण्डमा २१ गतेका दिन नियमित परीक्षामा बाधा नपरी पेन डाउन गरी यस क्याम्पस अन्तर्गतका पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य बन्द गरिने र अन्य सशक्त संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिएका छन् ।

trichandra-campus1trichandara2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप