सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मकाउ पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

बुधबार, २० असार २०८०, १८ : ४९
बुधबार, २० असार २०८०

काठमाडौँ । मकाउ पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका गण्डकी गाउँपालिका घर भएर ललितपुर बस्ने दुर्गाबहादुर रेग्मी छन् । 

५१ वर्षीय रेग्मीलाई काठमाडौँ महानगरपालिका–१४ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

ललितपुरको गोदावरी बस्ने रेग्मीले जित बहादुर थापा मगरलाई ‘मकाउ पठाउँछु’ भनेर ६ लाख ६० हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मकाउमा प्रतिष्ठित होटलमा ‘क्लिनरको काम लगाइदिन्छु’ भनेर आरोपित रकम लिएर सम्पर्क विहीन भएका हुन् । 

आरोपीतलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप